काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी गरिएको छ । पार्टीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार राति मतदान सम्पन्न भएको थियो ।
महाधिवेशनबाट सभापति पदमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । मतदान सकिएलगत्तै गरिएको मतगणनामा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो । त्यसमध्ये ६ हजार ९५९ मत सदर भएको थियो भने ५४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदको नतिजा सार्वजनिक भइसकेकाले अब उपसभापति र महामन्त्री पदको मतगणनालाई चासोका साथ हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया