काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा पहिरोसँगै लेदो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
रातिदेखि अवरुद्ध राजमार्गमा पहिरो र लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।
सडकको अवस्था बुझ्न स्थानीय प्रहरी, प्रहरी सञ्चारको १०० नम्बर वा जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया