यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णयहरु

लोकपथ
0
Shares

काठमाडौं । सरकारले अच्युतमणि नेउपालेलाई सचिवमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापना गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्ले सोसहित अन्य ४ वटा निर्णयहरु गरेको छ ।

यसैगरी जापानको नागोयामा भएको २०औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली कवड्डी र कराँते खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार दिने समेतको निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्ता छन् निर्णयहरु :

१.विश्व बैंकसँग Nepal Earthquake Catastrophe Bond सम्बन्धी Mandate Agreement मा हस्ताक्षर गर्न स्वीकृति दिने।

२.बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गर्ने।

३. जापानको आईची-नागोयामा भएको २० औं एशियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवड्डी र कराँते खेलका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने।

४. नेपाल न्याय सेवा, सरकारी वकील समूहका सहन्यायाधिवक्ता श्री अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव पदमा पदस्थापन गर्ने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?