एलजीका नयाँ वाटर प्युरिफायर नेपाली बजारमा, यूभी प्रविधिसहित दुई मोडल सार्वजनिक

लोकपथ
28
Shares

काठमाडौं । एलजीले स्टेनलेस स्टिल ट्यांकी र पराबैगनी किरण (यूभी) प्रविधिसहितका दुई नयाँ वाटर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ प्युरिफायरले पानी शुद्धीकरण गर्नुका साथै भण्डारण गरिएको पानीको स्वच्छता कायम राख्न सहयोग गर्नेछ ।

एलजीले डब्ल्यूडब्ल्यू१५१एनटी र डब्ल्यूडब्ल्यू१३१एनएफ गरी दुई मोडल बजारमा ल्याएको हो । दुवै मोडलमा आठ लिटर क्षमताको ३०४ ग्रेड स्टेनलेस स्टिल ट्यांकी जडान गरिएको छ ।

कम्पनीका अनुसार स्टेनलेस स्टिल ट्यांकी टिकाउ हुनुका साथै सफा गर्न सहज छ । ट्यांकीमा रहेको वायुरोधी ढकनी र ताल्चा प्रणालीले बाहिरी धुलो तथा अन्य अशुद्ध पदार्थ प्रवेश गर्नबाट रोक्न सहयोग गर्छ । ट्यांकीभित्रै यूभी प्रविधि प्रयोग गरिएकाले भण्डारण गरिएको पानीको स्वच्छता कायम राख्न मद्दत पुग्ने कम्पनीको भनाइ छ ।

नयाँ वाटर प्युरिफायरमा मोडलअनुसार विभिन्न चरणमा पानी शुद्धीकरण गर्ने प्रविधि राखिएको छ । यसमा कण छान्ने फिल्टर, कार्बन फिल्टर, रिभर्स अस्मोसिस (आरओ), खनिज जम्ने समस्या कम गर्ने प्रक्रिया तथा खनिज थप्ने वा पोस्ट–कार्बन फिल्टर समावेश छन् ।

डब्ल्यूडब्ल्यू१५१एनटी मोडलमा पावर, ट्यांकी भरिएको संकेत, सर्भिस रिमाइन्डर र यूभी प्रणालीसम्बन्धी संकेत उपलब्ध छन् । यसमा प्रत्येक ६ घण्टामा ट्यांकीभित्रको यूभी बत्ती ७५ मिनेट सञ्चालन हुने कम्पनीले जनाएको छ । डब्ल्यूडब्ल्यू१३१एनएफ मोडलमा भने पावर र ट्यांकी भरिएको संकेत उपलब्ध छन् । दुवै मोडलको फिल्टर क्षमता ६ हजार लिटरसम्म रहेको छ ।

एलजीले यी वाटर प्युरिफायर खरिद गर्ने ग्राहकका लागि पहिलो वर्ष दुईपटक निःशुल्क मर्मत सेवा उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत दुईपटक निर्धारित तथा स्वचालित सेवा भ्रमण, दुईपटक सम्पर्करहित मर्मत तथा डिजिटल स्टेरिलाइजेसन सेवा र दुईवटा बाहिरी सेडिमेन्ट फिल्टर निःशुल्क उपलब्ध गराइनेछ ।

एलजीका वाटर प्युरिफायर एलजी ब्रान्ड सो, सीजी डिजिटल तथा आधिकारिक विक्रेतामार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा तथा चाडपर्वलक्षित छुट र विशेष अफरसमेत प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?