काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका बस रोकिएका छन् ।
सडक बन्द हुनुका साथै वैकल्पिक सडकमा पनि सवारीसाधनको चाप बढेपछि बस सञ्चालनमा समस्या भएको हो ।
पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौंडासँग जोड्ने कान्तिलोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो । तर, उक्त सडकमा पनि सवारीसाधनको चाप बढेपछि नयाँ बसपार्कबाट छुट्ने बसलाई बसपार्कभित्रै रोकिएको छ ।
बस रोकिएपछि दसैँ मनाउन घर जान लागेका यात्रुहरू समस्यामा परेका छन् । अग्रिम टिकट काटेर बसपार्क पुगेका यात्रुहरू पनि यात्रा कहिले सुरु हुन्छ भन्ने अन्योलमा छन् ।
सडक भासिएको स्थानमा मर्मत गरी यातायात सञ्चालन सहज नबनाएसम्म काठमाडौं बाहिरिने सवारीसाधनको आवागमन प्रभावित हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया