काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका उम्मेदवार शुभराम बस्नेतले शीर्ष नेतृत्वप्रतिको सम्मान र नवयुवा पुस्ताप्रतिको भरोसाका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
मंगलबार खसआर्यतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि बनेका नेता बस्नेत लामो समयदेखि नेपाल विद्यार्थी संघको राजनीति गरेर आएका व्यक्ति हुन् ।
‘कांग्रेसभित्र एकता, संगठनको सुदृढता, शीर्ष नेतृत्वप्रतिको सम्मान र नवयुवा पुस्ताप्रति भरोसा कायम गर्दै बलियो कांग्रेस निर्माण गर्ने संकल्पका साथ यहाँहरूमाझ उभिएको छु,’ उनले भनेका छन् ।
नेपालको इतिहासमा चर्चित टिमुरबोटे काण्डका ज्यूँदा शहीद प्रभुराम बस्नेतका छोरा समेत रहेका नेता बस्नेतले उक्त घटना स्मरण गर्दै पारिवारिक विरासत समेत कांग्रेस रहेको स्मरण गराएका छन् ।
‘टिमुरबोटे घटनाका जीवित शहीदका छोरा, खेलाडी, विद्यार्थी राजनीतिज्ञ तथा प्रजातान्त्रिक समाजवादको कांग्रेसको पाठशालामा हुर्किएको तपाईंहरूको स्नेही साथीका रूपमा यहाँहरूको साथ, विश्वास र अमूल्य मतको अपेक्षा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
कांग्रेसभित्रको एकता, संगठनको सुदृढता, शीर्ष नेतृत्वप्रतिको सम्मान र नवयुवाप्रतिको भरोसा कायम गर्ने संकल्पका साथ आफू मैदानमा उभिएको बतए ।
‘कांग्रेसभित्र एकता, संगठनको सुदृढता, शीर्ष नेतृत्वप्रतिको सम्मान र नवयुवा पुस्ताप्रति भरोसा कायम गर्दै बलियो कांग्रेस निर्माण गर्ने संकल्पका साथ यहाँहरूमाझ उभिएको छु,’ उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया