काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरेर कांग्रेसलाई सशक्त र गतिशील बनाउनुपर्ने बताएका छन् ।
नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले पार्टीलाई आगामी चुनौती सामना गर्न सक्ने गरी थप बलियो बनाउन नयाँ र पुरानो पुस्ताबीचको समन्वय आवश्यक रहेको बताए ।
कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका उम्मेदवार रहेका पाण्डेले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए । उनले पार्टीभित्र सबै पक्षलाई समेटेर कांग्रेसलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ ।’
पाण्डेले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै उपसभापति पदमा आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रहसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया