कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा प्रतिवेदन पारित गर्ने तयारी

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ । बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रतिवेदन तथा प्रस्तावमाथिको छलफलपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको छ ।

आजको बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गर्ने तयारी छ ।

सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा। सुरेश आचार्यका अनुसार गत सोमबारदेखि नै ती प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले निरन्तर धारणा राख्दै आएका छन् ।

छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका छन् ।

आचार्यका अनुसार आज बिहान साढे १० बजेदेखि बन्द सत्र पुनः सञ्चालन गर्ने कार्यतालिका छ । भोलि हुने सत्रको प्रारम्भमा पार्टी सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?