काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले उपसभापति पदमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसको जारी १५औँ महाधिवेशनमा वर्तमान समेत रहेका केन्द्रीय सदस्य समेत रहेका पाण्डेले उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पाण्डेले राष्ट्रिय सभागृह पुगेर उपसभापति खुलातर्फ उम्मेदवारी दिएका हुन् ।
उनी गण्डकी प्रदेश कांग्रेस संसदीय दल नेता पनि हुन् ।
लामो समय कांग्रेसको राजनीतिमा बिताएका पाण्डेले कांग्रेसको भातृ संगठन नेविसंघ, नेपाल तरूण दल हुँदै पार्टी राजनीतिमा भिजेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया