कांग्रेस सहमहामन्त्रीमा शुभराम बस्नेतको उम्मेदवारी दर्ता

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुभराम बस्नेतले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा पुगेर बस्नेतले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सोलुखुम्बुबाट महाधिवेशन प्रतिनिधि जितेर आएको बस्नेत लामो समय विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका नेता हुन् ।

उम्मेदवारी दर्तापछि उनले शीर्ष नेतृत्व, अग्रज तथा साथीहरूको सरसल्लाह र सुझावलाई आत्मसात गर्दै आफू सहमहामन्त्री पदमा अघि बढेको बताए ।

‘मेरो यात्रा आजबाट सुरु भएको होइन—बाल्यकालदेखि नै लोकतन्त्र, संगठन र जनताको आवाजसँग जोडिएको यात्रा हो,’ उनले भनेका छन् ।

बस्नेत काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसका पूर्व स्ववियु सभापति समेत हुन् । उनी २०६५ सालमा शंकरदेव क्याम्पसबाट स्ववियु सभापति बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?