केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै चिरिबाबुले भने– ‘गगनले धेरै मत ल्याएर जित्नुहुन्छ’

लोकपथ
42
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा महर्जनले खुलातर्फ केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महर्जनले कांग्रेस सभापतिमा गगनकुमार थापा भारी मतका साथ निर्वाचित हुने दाबी गरे । उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए ।

‘नेपाली कांग्रेस भनेको नेपालको लार्जेस्ट डेमोक्रेटिक पार्टी हो । प्रजातान्त्रिक पार्टीभित्र कम्पिटिसन हुनु भनेको सामान्य कुरा हो । यसलाई अचम्म मान्नुपर्ने आवश्यकता छैन । तर लेखिराख्नुस्, गगनकुमार थापा धेरै मत ल्याएर विजयी हुनुहुन्छ,’ उनले भने ।

महर्जन ललितपुर महानगरपालिकाको मेयरमा लगातार दुई पटक निर्वाचित भएका थिए । स्थानीय तहको प्रमुख तथा उपप्रमुख लगातार दुई कार्यकालभन्दा बढी हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उनी अब पार्टी राजनीतिमा सक्रिय हुने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?