‘एक्सट्रीम इनर्जी ड्रिंक’ सँग जोडिए राष्ट्रिय टोलीका ९ क्रिकेटर

लोकपथ
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडी एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र खेलाडीबीच औपचारिक सम्झौता भएको हो । सम्झौतासँगै सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम ‘टिम एक्सट्रीम’का सदस्य बनेका छन् ।

सम्झौताअनुसार खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ । साथै, खेलाडीहरू कम्पनीले सञ्चालन गर्ने विभिन्न ब्रान्ड तथा खेलकुदसम्बन्धी प्रवद्र्धनात्मक गतिविधिमा सहभागी हुनेछन् ।

कम्पनीले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउने, खेलाडीलाई प्रोत्साहन गर्ने तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले राष्ट्रिय टोलीका खेलाडीसँग साझेदारी गरिएको जनाएको छ ।

कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंकले नेपाल प्रिमियर लिग (एनपीएल) का ७ टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त क्यानमा एनपीएलमा मुख्य प्रायोजकका रूपमा आबद्ध ७ टोलीको पहिचान समेटिएको छ ।

विशेष संस्करणमार्फत क्रिकेट समर्थकसँग ब्रान्डको सम्बन्ध थप विस्तार गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ । एक्सट्रीम इनर्जी ड्रिंकले आगामी दिनमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा सहकार्य र सहभागितालाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?