काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीमा रहेको यती एयरलाइन्सले आर्थिक वर्ष २०८२र८३ मा ५ अर्ब ४७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९ करोड १० लाख रुपैयाँ बढी हो ।
तर, आम्दानी बढे पनि कम्पनीको खुद नाफा भने ६४ करोड ८० लाख रुपैयाँबाट घटेर १८ करोड १० लाख रुपैयाँमा सीमित भएको छ ।
हवाई इन्धनको मूल्य वृद्धि, सञ्चालन खर्च र ३२ करोड ७० लाख रुपैयाँको विदेशी विनिमय नोक्सानीले नाफामा असर गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको यात्रु अकुपेन्सी दर भने बढेर ८२ प्रतिशत पुगेको छ । तर, भाडा वृद्धि र हवाई इन्धनको मूल्य बढेका कारण निर्धारित उडान ६ प्रतिशत र यात्रु संख्या ९ प्रतिशतले घटेको छ ।
यती एयरलाइन्सले निजी प्लेसमेन्टबाट २ अर्ब २७ करोड रुपैयाँ पुँजी थपेर ऋण घटाएको छ । कम्पनीको गियरिङ अनुपात पनि घटेर १.४९ गुणामा आएको छ ।
कम्पनीले आगामी दिनमा करिब २ अर्ब १० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरी थप पुँजी जुटाउने तयारी गरेको छ । हाल कम्पनीसँग ७ वटा एटीआर–७२ विमान छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया