माछापुच्छ्रे बैंकले सार्वजनिक गर्‍यो ग्राहक सेवामुखी च्याटबोट ‘माया’

लोकपथ
28
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकिङ सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउन ‘माया’ नामको च्याटबोट सार्वजनिक गरेको छ ।

बैंकको वेबसाइटमा उपलब्ध ‘माया’ च्याटबोटमार्फत ग्राहकले बैंकका विभिन्न सेवा तथा सुविधाबारे जानकारी लिन सक्नेछन् । यसबाट सामान्य बैंकिङ जानकारीका लागि शाखामा पुग्नुपर्ने वा कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम हुने बैंकले जनाएको छ ।

‘माया’ ग्राहकलाई केन्द्रमा राखेर विकास गरिएको डिजिटल प्लेटफर्म हो । यसले बैंकका उत्पादन तथा सेवाबारे जानकारी दिनुका साथै ग्राहकका जिज्ञासा, सुझाव र गुनासो सम्बोधन गर्न सहयोग गर्नेछ ।

बैंकका अनुसार ग्राहकको सुझाव र प्रयोगबाट प्राप्त अनुभवका आधारमा च्याटबोटको क्षमता तथा कार्यसम्पादनलाई थप सुधार गर्दै लगिनेछ । यसअघि पनि बैंकले एआईमा आधारित ‘माया’ च्याटबोटमार्फत ग्राहकलाई २४ घण्टा डिजिटल सहायता उपलब्ध गराउँदै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?