काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
असोज १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ ।
संस्थाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराएर शेयरधनीलाई लाभांश वितरण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया