सुनको मूल्य तोलामै ५ हजारले घट्यो

लोकपथ
91
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुनको मूल्य प्रतितोला पाँच हजार र चाँदीको मूल्य १४५ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० कायम भइ कारोबार भइरहेको छ ।

त्यसो त आइतबार प्रतितोला छापावाला सुनको मूल्य २ लाख ९९ हजार ३ सय रहेको थियो ।

यता आज चाँदीको मूल्य ४ हजार ५ सय १० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य ४ हजार ६५५ कायम भइ कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?