नारायणी नदीमा बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
42
Shares

काठमाडौं । चितवनस्थित नारायणी नदीमा बाढी आएको छ । शनिबार दिउँसो देवघाट जलमापन केन्द्रमा नदीको जलसतह खतरा तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नारायणीमा पानीको बहाव अझै बढिरहेको छ । त्यसैले नदीको तल्लो तटीय क्षेत्र र आसपासका डुबान हुन सक्ने ठाउँमा बस्ने बासिन्दालाई आइतबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

महाशाखाले नदीको जलसतह बढ्दै गएकाले जोखिम भएका स्थानका बासिन्दालाई सावधानी अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?