स्याकार र एनआईसी एशियाबीच सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज

लोकपथ
28
Shares

काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच सम्झौता भएको छ ।

होण्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी दुई कम्पनीबीच सम्झौता भएको हो ।

ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउने उदेश्यले उक्त सम्झौता भएको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा प्रदान गर्नेछ ।

यस सुविधा अन्तर्गत ग्राहकहरूले कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको ६ कार्यदिन भित्रमा नै लोन प्रक्रिया पूरा गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

यो सजिलो फाइनान्सिङ सुविधा होण्डाका उत्कृष्ट तथा लोकप्रिय मोडलहरू जस्तै: होण्डा सीआर-भी (Honda CR-V), सिटी इ:एचईभी (CITY e:HEV), फिफ्थ जेन सिटी (5TH GEN CITY) र एलिभेट (ELEVATE) लगायतका गाडीहरू खरिद गर्न चाहने ग्राहकहरूका लागि उपलब्ध हुनेछ ।

उक्त सम्झौता पत्रमा एनआईसी एशिया बैंकको तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड-मोर्ट्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ्ग कम्पनी (होण्डा कार) को तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेकी थिइन् ।

यस सम्झौताले ग्राहकहरूको नयाँ होण्डा कार चढ्ने सपनालाई सरल र छिटो छरितो रूपमा साकार पार्न मद्दत पुग्ने दुवै संस्थाले विश्वास लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?