नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

लोकपथ
7
Shares

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक ११.७७ अंकले बढेर २ हजार ६२९.८१ बिन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहबाहेक सबै समूहका उपसूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज ३५६ कम्पनीका १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार ३५२ कम्पनीका २ करोड १६ लाख २२ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँको कारोबार भएको थियो ।

आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यस दिन नेपाल ल्युब आयलको सेयर मूल्य सबैभन्दा धेरै १२.४७ प्रतिशतले बढेको छ। यस्तै, मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ११।५८ प्रतिशत र धौलागिरि लघुवित्तको १०.१९ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?