काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड एलजीले दशैं तथा तिहारलाई लक्षित गर्दै ‘एलजीको उपहार, मनाऔँ दसैँ र तिहार’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले एलजीका विभिन्न घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म नगद छुटका साथै आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार टिभी (९३२ इन्च बाहेक), अडियो सिस्टम, भ्याकुम क्लिनर, सिंगल डोर रेफ्रिजरेटर तथा ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटर खरिदमा नगद छुट उपलब्ध हुनेछ ।
यस्तै, निश्चित उत्पादनको खरिदमा विभिन्न उपहारको व्यवस्था गरिएको छ । फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोड वासिङ मेसिनमा ४ केजी र ट्विन टब वासिङ मेसिनमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ ।
साइड बाई साइड रेफ्रिजरेटर खरिदमा माइक्रोवेभ ओभन तथा ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटर खरिदमा मिक्सर उपहार पाइने कम्पनीले जनाएको छ ।
त्यसैगरी, डिशवासर खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभन खरिदमा कुकिङ किट र एयर कन्डिसनर खरिदमा निःशुल्क जडान सेवा उपलब्ध हुनेछ ।
चयनित उत्पादनमा नोकस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस सुविधाबाट ग्राहकले एलजीका उत्पादन सहज किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् ।
कम्पनीका अनुसार एलजीका उत्पादनमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई प्राथमिकता दिइएको छ । पर्व लक्षित योजनामार्फत ग्राहकलाई आधुनिक प्रविधिका उत्पादनसँगै छुट तथा उपहार उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
नेपालमा एलजीको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले देशभरका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो योजना सञ्चालन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया