काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले विभिन्न होटल तथा रिसोर्टमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंक र केजीएच ग्रुप अफ होटल एन्ड रिसोर्टबीच ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंको माया मनोर बुटिक होटल तथा पोखराका वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउनेछन् ।
यस्तै, १० जनाभन्दा बढीको समूहमा होटल बुकिङ गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।
छुट तथा सुविधा लिन ग्राहकले मुक्तिनाथ विकास बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ । बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि यो सुविधा लिन सकिनेछ ।
ग्राहकलाई थप सेवा तथा सुविधा दिने उद्देश्यले बैंकले विभिन्न व्यावसायिक संस्थासँग सहकार्य गर्दै आएको जनाएको छ ।
यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा ऋण लिन सकिने ‘अटो लोन’ योजना पनि सञ्चालनमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया