काठमाडौं । एभरेष्ट बैंकले आफ्नो १३४औँ शाखा विस्तार तथा आफ्नै भवनबाट सेवाको सुरुवात गरेको छ ।
बैंकले सोमबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा आफ्नो शाखा विस्तार तथा आफ्नै भवनको उद्घाटन गरेको हो ।
साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोही भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।
धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया