काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुुनको मूल्य आज १३ सयले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८०५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया