चीनमा उच्चस्तरीय भेटवार्ता र सैनिक संस्थाको निरीक्षणपछि स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

लोकपथ
7
Shares

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए ।

चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सहित विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैनिक एकाइहरूको निरीक्षण गरेका थिए ।

त्यस्तै, उनले बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरममा पनि सहभागिता जनाएका थिए ।

नेपाली सेनाका अनुसार प्रधान सेनापतिको यस भ्रमणले नेपाल र चीनबीचको द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?