काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले पुल तथा अन्य संरचना बगाएपछि नुवाकोटको त्रिशूली पारीका बासिन्दाले तत्काल आवतजावत सहज बनाउन माग गर्दै प्रदर्शन गरेका छन् ।
पुल नहुँदा लामो समयदेखि वारि र पारिबीचको सम्पर्क टुटेको भन्दै स्थानीयवासीले तत्काल अस्थायी आवतजावतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले ‘अब ढिलाइ स्वीकार्य छैन’, ‘तत्काल अस्थायी आवतजावतको व्यवस्था गर’, ‘पुल निर्माणको काम सुरु गर’ र ‘जवाफदेही बन’ लगायतका नारा लगाएका थिए ।
बाढीले त्रिशूली नदीमाथिका पुलसहितका संरचनामा क्षति पुर्याएपछि वारि र पारिका बासिन्दालाई आवतजावतमा समस्या हुँदै आएको छ । केही स्थानमा तुइनको व्यवस्था गरिए पनि यात्रुको चाप धान्न नसक्दा स्थानीयवासी थप समस्यामा परेका छन् ।
स्थानीयले दीर्घकालीन रूपमा पुल निर्माणको काम तत्काल अघि बढाउन र त्यसअघिसम्म सुरक्षित वैकल्पिक आवतजावतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया