काठमाडौं । साझा यातायातले सार्वजनिक यातायातमा डिजिटल टिकटिङ र नगदरहित भुक्तानी प्रणाली लागू गर्ने तयारी गरेको छ ।
यसका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) साझा यातायातको डिजिटल टिकटिङ प्रणालीको पेइमेन्ट पार्टनर बनेको छ। सहकार्यअनुसार यात्रुले बस भाडा डिजिटल माध्यमबाट सहज र सुरक्षित रूपमा तिर्न सक्ने व्यवस्था गरिनेछ ।
डिजिटल टिकटिङ प्रणालीअन्तर्गत साझा बसमा टिकट जारी गर्न बैंकका पीओएस मेसिन प्रयोग गरिनेछ। यसबाट यात्रुले कार्ड तथा अन्य डिजिटल माध्यमबाट भाडा भुक्तानी गर्न सक्नेछन् ।
साझा यातायातले डिजिटल रूपान्तरणअन्तर्गत कमाण्ड तथा कन्ट्रोल सेन्टरसहित प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइरहेको जनाएको छ । डिजिटल टिकटिङमार्फत सार्वजनिक यातायातमा नगदरहित कारोबारलाई बढावा दिने उद्देश्य राखिएको छ ।
एनआईएमबीले आफ्नो डिजिटल भुक्तानी पूर्वाधारमार्फत साझा यातायातका यात्रुलाई सहज र सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउन सहकार्य गर्ने जनाएको छ । यसले सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग बढाउन र यात्रु सेवामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया