काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रैष्ठलाई नियुक्त गरेको छ ।
शुक्रबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको हो ।
उनी हाल प्राधिकरणको कायममुकायम प्रमुख कार्यकारी निर्देशकमा कार्यरत रहेका थिए ।
२८ वर्ष भन्दा लामो समय प्राधिकरण मातहत रहेका काम गरेको अनुभव भएका श्रेष्ठको जन्म सन् १९७१ अक्टोबर १० मा भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पूल्चोक क्याम्पसबाट इन्फरमेसन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा मास्टर्स गरेका उनले भारतको अलिगाड मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा ब्याचलर डिग्री हासिल गरे ।
प्राविधिक क्षेत्रका दक्ष कर्मचारी मानिने श्रेष्ठले प्राधिकरण अन्तर्गतका विभिन्न स्थानमा बसेर काम गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया