काठमाडौं । सरकारले अमेरिका, भारत र चीनसहित विभिन्न १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरुलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।
सिफारिस भएका राजदूतहरूलाई अब सरकारले संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउनेछ । संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सरकारले सम्बन्धित मुलुकहरूमा सहमतिका लागि (एग्रिमो) पठाउने कार्यतालिका छ । सम्बन्धित मुलुकबाट एग्रिमो प्राप्त भइसकेपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत पदमा नियुक्ति गरिने कानुनी व्यवस्था छ ।
राजदूत प्रस्तावित हुनेहरुमा पूर्वप्रधानसेनापति गौरबसमशेर जबरासहित विभिन्न क्षेत्रका अनुभव हासिल गरेका व्यक्तिहरु रहेका छन् ।
यी हुन् प्रस्तावित राजदूतहरु :
१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा -संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा – जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण – इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन – स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा. डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया