काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक शुक्रबार अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न कामकारबाहीबारे छलफल हुने बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि समेत छलफल गरी आवश्यक निर्णय हुन सक्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया