त्रिशूली हाइड्रोको अडिट–३ टनेलमा ६ शव फेला

लोकपथ
308
Shares

रसुवा । भोटेकोशी बाढीपछि थुनिएको त्रिशूली हाइड्रोको परियोजना–१ भित्र ६ वटा शव फेला परेका छन् ।

नेपाली सेनाका अनुसार संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला पारेको हो ।

सेनाले ग्रिन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी शवहरू बाहिर निकालिएको जनाएको छ ।

टनेलभित्र हिलोले छोपिएको अवस्थामा अन्य शवजस्तो आकृति पनि देखिएको सेनाले जनाएको छ । त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?