रुप्सेको पहलमा श्रीलंकाका १५० पर्यटन व्यवसायी नेपालमा, ‘Nepal is Safe, Nepal is Calling’ सन्देश प्रवाह

लोकपथ
28
Shares

काठमाडौं  । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रीलंकाका करिब १५० जना ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी नेपाल आएका छन् ।

रुप्से होलिडेजको पहल, समन्वय तथा व्यवस्थापनमा नेपाल आएका उनीहरू श्रीलंकाका दुई प्रमुख पर्यटन संस्था Travel Agents Association of Sri Lanka (TAASL)IATA Agents Association of Sri Lanka (IAASL) को वार्षिक साधारणसभा (AGM) मा सहभागी भएका हुन् ।

काठमाडौंस्थित Dusit Princess Hotel मा सेप्टेम्बर १७ देखि २० सम्म आयोजना भइरहेको कार्यक्रममा TAASL को ५१औँ तथा IAASL को ३८औँ AGM सम्पन्न भएको छ । TAASL को आधिकारिक विवरणमा समेत यस वर्षको AGM का लागि काठमाडौंलाई गन्तव्यका रूपमा उल्लेख गरिएको छ ।

अघिल्लो वर्ष क्रुज, यस वर्ष काठमाडौं

TAASL र IAASL ले हरेक वर्ष विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा आफ्नो AGM आयोजना गर्दै आएका छन् । सन् २०२५ मा दुवै संस्थाको AGM Genting Dream/Resorts World Genting Cruise मा सिंगापुर–मलेसिया क्षेत्रमा आयोजना गरिएको थियो ।

यसअघि यी संस्थाले Beijing, Tokyo, Istanbul, Bangkok, Jakarta, Baku र Melbourne लगायतका गन्तव्यमा समेत AGM आयोजना गरिसकेका छन् । यसपटक काठमाडौंलाई AGM गन्तव्यका रूपमा छनोट गरिनुले नेपालका लागि अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको अवसर सिर्जना गरेको छ ।

रुप्से होलिडेजले श्रीलंकाका ठूलो संख्याका प्रभावशाली पर्यटन व्यवसायीलाई एकैपटक नेपाल ल्याउन पहल, समन्वय र व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जनाएको छ ।

‘Nepal is Safe, Nepal is Calling’

नेपालको पर्यटन क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा नेपालबारे सकारात्मक र यथार्थ सन्देश प्रवाह गर्ने उद्देश्यले रुप्से होलिडेजले कार्यक्रमलाई केवल AGM मा सीमित नराखी पर्यटन प्रवर्द्धन अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

कार्यक्रममा “Nepal is Safe, Nepal is Calling” भन्ने सन्देशलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । नेपाल पर्यटकलाई स्वागत गर्न तयार रहेको र अन्तर्राष्ट्रिय पर्यटकले नेपाल भ्रमण गर्न सक्ने सन्देश श्रीलंकाका पर्यटन व्यवसायीमार्फत त्यहाँको बजारसम्म पुर्‍याउने उद्देश्य राखिएको छ ।

Gala Dinner मा नेपाल–श्रीलंका पर्यटन क्षेत्रको सहभागिता

AGM सम्पन्न भएपछि आयोजित विशेष Gala Dinner मा नेपाल तथा श्रीलंकाका पर्यटन र उड्डयन क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदूत, SriLankan Airlines का Commercial Director, NATTA अध्यक्ष भरत जंग पाण्डे, महासचिव राजकुमार देवकोटा, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, SriLankan Airlines का GSA सञ्चालक जय देवानलगायत नेपाल तथा श्रीलंकाका पर्यटन व्यवसायी सहभागी थिए । कार्यक्रममा सहभागीहरूले नेपालबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक र यथार्थ सूचना प्रवाह गर्दै पर्यटन व्यवसायी तथा निजी क्षेत्रले संयुक्त रूपमा प्रवर्द्धनात्मक गतिविधि अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

NATTA सचिवसमेत रहेका रमेश पराजुलीको पहल

कार्यक्रमको पहल गर्ने रुप्से होलिडेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रमेश पराजुली नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) का सचिवसमेत हुन् ।

पराजुलीका अनुसार नेपालको पर्यटन क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला सरकार वा पर्यटन बोर्डको प्रयास मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रका पर्यटन व्यवसायीले पनि अन्तर्राष्ट्रिय बजारमा विश्वास निर्माणका लागि सक्रिय भूमिका खेल्न आवश्यक छ ।

उनका अनुसार श्रीलंकाका करिब १५० जना अग्रणी ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायीलाई नेपालमा ल्याउनुको उद्देश्य केवल AGM आयोजना गर्नु मात्र होइन । नेपाल प्रत्यक्ष अनुभव गरेका ती व्यवसायीले आफ्नै बजारमा नेपालबारे जानकारी दिन तथा नेपाली पर्यटन प्याकेज प्रवर्द्धन गर्न सक्ने भएकाले यसलाई प्रत्यक्ष destination promotion का रूपमा हेरिएको छ ।

श्रीलंकाबाट नेपाल पर्यटन बढाउने लक्ष्य

TAASL श्रीलंकाका ट्राभल एजेन्टहरूको प्रमुख व्यावसायिक संस्था हो भने IAASL ले IATA मान्यता प्राप्त ट्राभल एजेन्टहरूको प्रतिनिधित्व गर्छ ।

यी संस्थासँग आबद्ध करिब १५० जना व्यवसायीको नेपाल भ्रमणले नेपाल–श्रीलंका पर्यटन व्यवसायबीच B2B networking विस्तार, नेपाली पर्यटन उत्पादनको प्रवर्द्धन तथा भविष्यमा श्रीलंकाबाट नेपाल आउने पर्यटकको संख्या बढाउने आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

रुप्से होलिडेजका अनुसार श्रीलंकाको प्रतिष्ठित पर्यटन समुदायलाई नेपालमा ल्याएर उनीहरूलाई नेपालको पर्यटन उत्पादन प्रत्यक्ष अनुभव गराउनु दीर्घकालीन बजार प्रवर्द्धनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममार्फत “Nepal is Safe, Nepal is Calling” भन्ने सन्देश श्रीलंकासहित अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुर्‍याउने प्रयास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?