काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता जनाएको छ । प्रदर्शनी भदौ १ देखि ४ गतेसम्म सञ्चालन भइरहेको छ ।
नेपाल जग्गा तथा आवास विकास महासंघ र नेपाल जग्गा तथा आवास विकास संघको संयुक्त आयोजनामा भइरहेको प्रदर्शनीमा बैंकले घरजग्गा खरिद तथा घर निर्माणका लागि आवश्यक कर्जासम्बन्धी परामर्श तथा जानकारी दिने जनाएको छ ।
प्रदर्शनीमा बैंकका प्रतिनिधिले ग्राहकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कर्जा प्रक्रिया र उपलब्ध विभिन्न बैंकिङ सुविधाबारे जानकारी दिनेछन् । बैंकले आवास तथा निर्माण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले सहभागिता जनाएको जनाएको छ ।
बैंकका अनुसार घरजग्गा खरिद तथा घर निर्माण कर्जा तुलनात्मक रूपमा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ । प्रदर्शनीका क्रममा प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने बैंकले जनाएको छ ।
बैंकका अनुसार भदौ महिनाका लागि आधारदर ५.६४ प्रतिशत कायम छ । यही आधारदरलाई आधार मानेर घरजग्गा खरिद तथा घर निर्माण कर्जा लिन चाहने ग्राहकले आवश्यक जानकारी लिन सक्नेछन् ।
महालक्ष्मी विकास बैंकबाट कर्जासम्बन्धी जानकारी लिन चाहने ग्राहकले प्रदर्शनीको स्टल नम्बर ए–२१ मा सम्पर्क गर्न सक्नेछन् ।
बैंकले हाल काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया