काठमाडौं । भदौ १० को बाढीले क्षतिग्रस्त भएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको टनेलमा ४ वटा शव फेला परेको छ ।
केही दिनदेखि नेपाली सेना, सशस्त्र प्रहरीसहितको उद्धार टोलीले टनेलको सरसफाइ र पावरहाउससम्म जाने प्रयास गरिरहेका छन् ।
बुधबार उद्धारका क्रममा ४ वटा शव फेला परेको र ३ वटाको शव निकाल्ने तयारी भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले एउटा शव निकालेको छ भने अन्य शव निकाल्ने काम भइरहेको छ ।
निरन्तरको प्रयासपछि उद्धार टोली सुरुङको १५० मिटर भित्र पुगिसकेको र त्यहाँबाट थप भित्र जाने प्रयास गरिरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया