विशेष सेवा ऐनको व्यवस्था जगाउने विधेयक प्रमाणीकरण

लोकपथ
287
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले भदौ ३१ गते उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको प्रवक्ता शाक्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?