काठमाडौं । बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले शाओमी नेपालले २०० सेट आवश्यक घरायसी सामग्री सहयोग गरेको छ ।
‘शाओमी फर कम्युनिटी’ अभियानअन्तर्गत कम्पनीले २०० सेट राहत सामग्री काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेललाई हस्तान्तरण गरेको हो ।
हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको दैनिक जीवनमा सहजता ल्याउने उद्देश्यले शाओमी नेपालले भान्सामा आवश्यक सामग्रीसहितका राहत सेट उपलब्ध गराएको जनाएको छ ।
प्रत्येक राहत सेटमा एक वटा प्रेसर कुकर, एक वटा कराइ, पाँच वटा प्लेट, पाँच वटा चम्चा, ६ वटा कप, पाँच वटा कचौरा र एक वटा थर्मस बोतल रहेका छन् ।
कुल २०० सेटमा २०० वटा प्रेसर कुकर, २०० वटा कराइ, १ हजार वटा प्लेट, १ हजार वटा चम्चा, १ हजार २०० वटा कप, १ हजार वटा कचौरा र २०० वटा थर्मस बोतल छन् ।
‘दैनिक जीवनको पुनर्निर्माणमा सहयोगी हात’ भन्ने भावनासहित गरिएको सहयोगले प्रभावित परिवारलाई सामान्य जीवनतर्फ फर्किन केही सहजता पुग्ने विश्वास शाओमी नेपालले व्यक्त गरेको छ ।
शाओमी नेपालले यसअघि पनि भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको थियो ।
पछिल्लो राहत सामग्री वितरणसँगै कम्पनीले बाढीपहिरो प्रभावित समुदायको तत्कालीन आवश्यकतामा सहयोग गर्ने प्रयासलाई निरन्तरता दिएको जनाएको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा निरन्तर सहयोग गर्दै आएको शाओमी नेपालको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया