असोजका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले असोज महिनाका लागि निक्षेपको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

केही समयदेखि बैंकिङ प्रणालीमा देखिएको तरलताका कारण कर्जाको माग अपेक्षाकृत रुपमा कमजोर हुँदा वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदरमा सामान्य कटौती भएको पाइएको छ ।

सबै बैंकहरुको ब्याजदरलाई तुलना गर्दा केही बैंकले भदौ महिनाका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । केही सीमित बैंकहरुले संस्थागत निक्षेपतर्फको दरमा वृद्धि गरेका छन् ।

वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भने व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर भदौको ४.१३६ प्रतिशतबाट घटेर असोजमा ४.०८९५ प्रतिशतमा सीमित भएको छ । अर्थात्, ०.०४६५ प्रतिशत बिन्दुको कमी आएको देखिन्छ ।

बैंकहरुले सार्वजनिक गरेका बैंकको ब्याजदर कति छ ?

एभरेष्ट बैंक

असोज महिनाका लागि एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ३.५ प्रतिशतमा झारेको छ । संस्थागत निक्षेपको दर पनि घटेर ३.२५ प्रतिशत कायम भएको छ । भदौमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत थियो ।

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम दर ३.८५ प्रतिशतमा यथावत राखेको छ । संस्थागत निक्षेपको ब्याजदर भने घटाएर २.७५ प्रतिशतमा सीमित गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

यता सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले असोजमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर दिने भएको छ ।

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले ब्याजदरमा भदौको तुलनामा कुनै पनि परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल बैंक लिमिटेड

सरकारी स्वामित्वमा रहेको नेपाल बैंकले पनि असोज महिनाका लागि ब्याजदरलाई स्थिर राखेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकिएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।

नबिल बैंक

नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । संस्थागत निक्षेपमा भने ३.०१ प्रतिशत ब्याजदर यथावत राखिएको छ । भदौमा व्यक्तिगततर्फको अधिकतम दर ४.५५ प्रतिशत थियो ।

प्रभु बैंक

प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएको हो ।

सानिमा बैंक

सानिमा बैंकले व्यक्तिगत निक्षेपतर्फ ४।५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । संस्थागततर्फ भने ब्याजदर बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ । भदौमा संस्थागततर्फको दर ३.३ प्रतिशत थियो ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। व्यक्तिगततर्फ अधिकतम ४.१ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत तथा संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ३.७६ प्रतिशत र संस्थागत निक्षेपमा ३।०५ प्रतिशत ब्याजदर तोकेको छ । दुवै दर भदौकै स्तरमा रहेका छन् ।

एनएमबी बैंक

एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ ।

हिमालयन बैंक

हिमालयन बैंकले पनि अघिल्लो महिनाकै ब्याजदर कायम गरेको छ । व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत अधिकतम ब्याजदर तोकेको छ ।

कुमारी बैंक

कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ३.७३ प्रतिशतमा झारेको छ । संस्थागततर्फ भने ३.०१ प्रतिशत दरलाई निरन्तरता दिएको छ। भदौमा व्यक्तिगततर्फको दर ३.७६ प्रतिशत थियो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएर ३.७५ प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपमा भने २.७५ प्रतिशत ब्याजदर यथावत छ ।

समग्रमा हेर्दा असोज महिनामा अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर स्थिर राखेका छन्, केही बैंकले व्यक्तिगत निक्षेपको दर घटाएका छन् भने सानिमा बैंकले संस्थागत निक्षेपतर्फको ब्याजदर बढाएको छ । बैंकिङ प्रणालीमा तरलता सहज रहँदा र कर्जाको मागमा अपेक्षित सुधार नआउँदा निक्षेपको ब्याजदरमा समेत त्यसको प्रभाव देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?