काठमाडौं । गरिमा विकास बैंकले असोज २६ गते आफ्नो २० औँ वार्षिक साधारणसभा बोलाएको छ ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले पोखराको बिरौटास्थित होटल पोखरा ग्रान्डमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई प्रस्ताव गरिएको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बैंकको हाल कायम चुक्तापुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ ।
यस्तै, बैंकको अधिकृत पुँजी बढाएर ६ अर्ब ६५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभामा पेस हुनेछ। यसका लागि प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।
सभाले बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ । साथै, चालु आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।
यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान वा त्यस्ता संस्था प्राप्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
साधारणसभा तथा लाभांश वितरणका लागि बैंकले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज १३ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया