सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो असोज २२ गते वार्षिक साधारणसभा

लोकपथ
14
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असोज २२ गते २२औँ वार्षिक साधारणसभा बोलाएको छ । काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजे सभा सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेस हुनेछ ।

सभाले संस्थापक शेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालक निर्वाचित गर्नेछ । साथै, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावमा पनि निर्णय हुनेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यसअनुसार असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?