सप्तकोशीको जल सतह अझै खतराको बिन्दुमा, २० ढोका खुला

लोकपथ
7
Shares

सुनसरी । सप्तकोशी नदीको जल सतह मंगलबार बिहान ११ः१५ बजेसम्म पनि खतराको बिन्दुमा रहेको छ ।

कोशी परियोजनाले जारी गरेको सूचनाअनुसार बिहान ११ः१५ बजे सप्तकोशीमा एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गएरातिको तुलनामा कम हो ।

हाल सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानीको बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि ब्यारेजका २६ वटासम्म ढोका खोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?