माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

लोकपथ
77
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार अपरान्ह बसेको बैंक सञ्चालक समितिको ५६४औँ बैठकले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको ६ प्रतिशत (करसहित) लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

जसमा ३ प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगागी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।

बैंकले देशका ७ वटै प्रदेशमा १५७ शाखा, १२ एक्सटेन्सन काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा, १९३ एटिएम मार्फत १८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?