सिटिजन्स बैंकको मधेश केन्द्रित रणनीतिक सेमिनार सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ विषयक सेमिनार सम्पन्न गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल लगायत वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बैंकको केन्द्र र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ गर्ने विषयमा समेत गहिरो अन्तरक्रिया भएको बैंकले जनाएको छ । मधेश प्रदेशका ८ जिल्लामा सिटिजन्स बैंकका २९ शाखा सञ्चालनमा छन् ।

यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टस् स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ तथा कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम स् बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ । सोही कार्यक्रमको निरन्तरतास्वरूप मधेश प्रदेशमा सेमिनार आयोजना गरिएको हो । बैंकले अन्य प्रदेशमा पनि क्रमशः यस्ता कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १।२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९।२२ प्रतिशतले वृद्धि भई २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ । यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो ।

त्यस्तै, बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेनजी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सुरु गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा, साथै अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा ल्याइएको छ ।

हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?