रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न संसद्को अर्थ समितिले गर्‍यो उपसमिति गठन

लोकपथ
7
Shares

काठमाडौं । प्रतिनिधिसभा, अर्थ समितिले रसुवाबाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा  विश्लेषण गर्ने भएको छ । 

अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको  छ । 

प्रतिनिधिसभा, अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् । 

समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढीसँग सम्बन्धी र जलवायु वित्तसम्बन्धी अध्ययन गरी २ असोजभित्र प्रतिवेदन पेस गर्नका लागि कार्यादेश दिइएको बताए । उनले  उपसमितिले रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्तसम्बन्धी विषयमा अध्ययन गर्ने कार्यादेश दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?