काठमाडौं । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा निर्माण गरिएका जेनजी शहिदहरूको शालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
शहिदहरूको शालिकमा अनुहार नमिलेको भन्दै परिवारजनले असन्तुष्टि जनाएपछि बुधबार तय गरिएको अनावरण कार्यक्रम रोकिएको हो ।
गत वर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनमा शहिदसहिद भएका युवाहरूको शालिक निर्माण गर्ने निर्णय सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्ले गरेको थियो । सोही सरकारको पालामा निर्माण सुरु गरिएका शालिक अहिले सम्पन्न भएका हुन् ।
भदौ २३ गतेको आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बुधबार शालिक अनावरण गर्ने तयारी गरिएको थियो। कार्यक्रममा सबै शहिद परिवारलाई निमन्त्रणा गरिएको थियो ।
अनावरणका लागि गृहमन्त्री सुदन गुरुङ, पूर्वाधारमन्त्री सुनील लम्साल, तत्कालीन सरकारका सञ्चारमन्त्री जगदिश खरेल, सांसद तोसिमा कार्कीलगायत एन्फा कम्प्लेक्स पुगेका थिए ।
तर औपचारिक अनावरणअघि परिवारका सदस्यहरूले सम्बन्धित शहिदको शालिक हेर्न पर्दा हटाउँदा उनीहरूले असन्तुष्टि जनाए । परिवारजनले आफूहरूले उपलब्ध गराएको तस्बिरभन्दा शालिकको अनुहार फरक रहेको गुनासो गरेका छन् ।
परिवारजनको असन्तुष्टिपछि शालिकको पुनः परीक्षण तथा आवश्यक सुधार गरेर मात्रै अनावरण गर्ने तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया