न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । न्यान्सी अटोमोबाइल्स र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताले न्यान्सी अटोमोबाइल्सबाट मारुती सुजुकीका गाडी किन्दा मोडलअनुसार १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट पाउनेछन् ।

सम्झौतापत्रमा न्यान्सी अटोमोबाइल्सका प्रबन्ध निर्देशक मधुकर शाह र प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टर प्रमुख लेखबहादुर पुनले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता ७ सेप्टेम्बर २०२६ देखि ६ सेप्टेम्बर २०२७ सम्म लागू हुनेछ ।

प्रभु बैंकले नेपालभर ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३८ लाख ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?