जीवितै उद्धार गरिएकी श्रेष्ठको कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
0
Shares

काठमाडौं । रसुवाको बेत्रावतीबाट ११ दिनपछि जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको नेपाली सेनाको अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार श्रेष्ठको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो ।

सुगर, प्रेसर तथा मुटुसम्बन्धी समस्या रहेकी श्रेष्ठमा हाल हाइपरथरमियाको लक्षण देखिएको छ । हाइपरथरमिया भनेको शरीरको तापक्रम असामान्य रूपमा बढ्ने अवस्था हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकी श्रेष्ठलाई प्रहरीले ११औँ दिनमा बेत्रावतीस्थित उनकै घरबाट जीवितै उद्धार गरेको थियो । उद्धारपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?