काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।
सोमबार शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा उनले भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र विपद् व्यवस्थापनका लागि भइरहेको कामबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
यसअघि लामिछानेले प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहसँग पनि भेट गरेका थिए ।
प्रधानमन्त्रीसँगको भेटमा उनले बाढी प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार, राहत तथा व्यवस्थापनका कामबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्रीसँग भेट गरेपछि लामिछाने राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया