जलविद्युत आयोजनाबाट ३६१ जनाको उद्धार, ८९८ अझै सम्पर्कविहीन

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । बाढी प्रभावित रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ ।

ती जलविद्युत आयोजनामा मानवीय र भौतिक क्षति पुग्दा आयोजनाको टनेलभित्र फसेकाहरुको मध्ये धेरैको उद्धार हुन बाँकी छ ।

हालसम्म ती आयोजनामा कार्यरतमध्ये ८९८ जना अझै सम्पर्कविहीन अवस्थामा छन् भने ती आयोजनाबाट ३६१ जनाको उद्धार गरिएको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानले दिएको जानकारी अनुसार २१६ मेगावाटको माथिल्लो त्रिशुली १ बाट २५४ जनाको उद्धार गरिएको छ । तर अझै सुरुङमा ३ सय जना फसेका छन् । यसैगरी २० मेगावाटको लाङटाङ जलविद्युत आयोजनाबाट १८ जनाको उद्धार भएको तथा ३७ मेगावाटको त्रिशुली ३ बी आयोजनाबाट ९१ जनाको जीवितै उद्धार गरिएको छ ।

यस्तो छ जलविद्युत आयोजनाको अवस्था :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?