एशियन लाइफले बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

लोकपथ
28
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारका लागि एशियन लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

कम्पनीका अनुसार उक्त रकम बाढीबाट विस्थापित परिवारलाई राहत तथा पुनःस्थापनाका साथै घाइतेको उद्धार र उपचारमा सहयोग पुग्ने उद्देश्यले प्रदान गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?