रसुवा बाढी : ‘एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स’ले सरकारलाई हस्तान्तरण गर्‍यो १ करोडको चेक

लोकपथ
21
Shares

काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड रुपैयाँ सहयोग सरकारलाई हस्तान्तरण गरेको छ ।

कम्पनीले शुक्रबार अर्थमन्त्रीसमक्ष उक्त रकम हस्तान्तरण गरेको हो । विपद्को कठिन घडीमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले विपद्को समयमा नागरिकको जीवनरक्षा र पुनःस्थापनाका लागि राज्य तथा सम्बन्धित निकायसँग आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आगामी दिनमा पनि राष्ट्र र नागरिकको हितमा सहयोगलाई निरन्तरता दिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?