काठमाडौं । शिक्षा मन्त्रालयले प्राकृतिक विपद्का कारण विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको हो । विपद्का कारण विद्यार्थी, अभिभावक र आम नागरिक प्रभावित भएकाले परीक्षा स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।
भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका विद्यार्थीका लागि पनि पछि उपयुक्त समयमा परीक्षा सञ्चालन गर्न मन्त्रालयले भनेको छ ।
मन्त्रालयले अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न निर्देशन दिएको छ ।
त्यस्तै, विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग गर्न विश्वविद्यालय तथा शैक्षिक संस्थालाई आग्रह गरिएको छ ।
प्रभावित विद्यार्थी र आवश्यक परे अभिभावकलाई मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा विपद्का कारण पढाइमा परेको असर कम गर्दै शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया